चुनाव वहिष्कारको कार्यक्रममा बालबालिका प्रयोग
पाेखरा | कात्तिक ३०, २०७९
पोखरा: विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले पोखरामा आयोजना गरेको आसन्न निर्वाचनलक्षित संसदीय चुनावको भण्डाफोर तथा सडक सभा कार्यक्रममा बालबालिका प्रयोग भएको पाइएको छ ।
पोखरामा आज (बुधबार) भएको सडक सभामा लेखनाथस्थित बेलचौतारा लगायत स्थानका बालबालिकाहरुलाई र्यालीमा सहभागी गराइएको थियो । विहान १० बजे घरदेखि निस्केका बालबालिकाहरुलाई कार्यक्रम अवधिभर राखिएको थियो ।
उनीहरुलाई सो कार्यक्रमको नाचगानमासमेत प्रयोग गरिएको थियो । कुनैपनि पार्टीले बालबालिकालाई प्रयोग गर्न नपाउने कानूनी प्रावधान रहेको छ । पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

